728x90 AdSpace

Latest News
Powered by Blogger.

Trekking in Nepal Himalaya

Trekking in Nepal Himalayas
Tuesday, November 15, 2016

रुकुमको आकाशमा पहिलोपटक प्याराग्लाईडिङ उडान

Paragliding in Rukum

रुकुमको आकाशमा पहिलो पटक प्याराग्लाईडिङ उडाईएको छ । परिक्षणको लागि जिल्लाको मुसिकोट नगरपालीकाको जन्तीबस्ने लेकबाट प्याराग्लाईडिङ उडाइएको हो । पर्यटन प्रवद्र्धन वातावारण संरक्षण केन्द्र रुकुमको आयोजना र जिल्ला विकास समिति अन्तरगतको पर्यटन समन्वय समिति, रुकुम उद्योग वाणिज्य संघ, डिग्रे मन्दिर व्यवस्थापन समिति र सम्वन्धित नगरपालिका तथा गाविस कार्यालयहरुको आर्थिक सहयोगमा प्याराग्लाईडिङ परिक्षण सुरु भएको हो ।

प्याराग्लाईड संचालनको सम्भाव्यता अध्यन गरी जिल्लामा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्याराग्लाईडिङमा व्यवशायिकता सुरु गर्ने प्रमुख लक्ष्यका साथ सुरु भएको प्याराग्लाईडिङले यहाँ आन्तरीक तथा बाह्य पर्यटकको विकास हुने र जिल्लाको आर्थिक विकास हुने,जिल्ला पर्यटन समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताए।

paragliding in Nepal


कास्कीको पोखराबाट यहाँ पुगेका इन्स्ट्रक्टर सुवास थापा, टेण्डम रमेश पहाडी, सोलो सिङगल प्रविण क्षेत्री र महेश रावलले यहाँको आकाशमा सफल परिक्षण गरेका थिए । इन्स्ट्रक्टर थापा जन्तिबस्ने लेकबाट उडेर मुसिकोटको घिमानेमा अवतरण गरेका थिए भने ,सोलो सिङगल क्षेत्री र रावल सल्ले एयरपोर्टमा अवतरण गरेका थीए । जिल्लाका सम्भावित ३ ओटा, मुसिकोट नगरपालिकाको जन्तीवस्ने लेक, रुकुमकोट गाविसको झुम्कामारे लेक र बाँफिकोटको झार्लेगोठ लेकमा प्याराग्लाईडिङ परिक्षण गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

झुम्कामारे लेकमा मंसीर १ गते र झार्लेगोठमा मंसीर ३ गते परिक्षण गरिने छ । प्याराग्लाईडिङ परिक्षणका लागि कास्किको पोखराबाट ४ जनाको टोली रुकुम आईपुगेको छ । अहिले जिल्लाका विभिन्न ठाउँमा परिक्षणको क्रममा रहेको र परिक्षण कार्य सकिएपछि सो कार्यमा लागेका टोलिसँग छलफल गरेर रुकुममा दिगो रुपमा प्याराग्लाईडिङ सञ्चालनको लागि सक्दो सहयोग गर्ने स्थानीय विकास अधिकारी रानाको भनाई रहेको छ ।

प्याराग्लाईडिङले जिल्लाको समग्र पर्यटन विकासमा ठुलो टेवा पुग्नुका साथै ५२ पोखरी ५३ टाकुरीको नामले प्रचित रुकुम जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्धत पुग्ने धेरैको विश्वास रहेको छ । यहाँ प्याराग्लाईडिङको सम्भावना राम्रो पाईएको इन्स्ट्रक्टर सुवास थापाले टिलिफोन मार्फत प्रतिक्रिया दिएका थिए ।

सिस्ने हिमाल, ठुलीभेरी, सानीभेरी नदी, स्यार्पु ताल, कमल दह, डिग्रे मन्दिर, यहाँका बजार तथा अन्य मनोरम दृष्यहरु देख्न पाईने र टेकअपको अवस्थापनि निकै राम्रो पाईएको उहाँको भनाई छ । तर ल्यान्डिङको भने समस्या रहेको थापाले बताए । सल्ले एयरपोर्टमा ल्याण्डिङको अवस्था राम्रो भएपनि ल्याण्डिङका लागि सधै एयरपोर्टलाई प्रयोग गर्न नसकिने उनको भनाई थियो ।

  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Item Reviewed: रुकुमको आकाशमा पहिलोपटक प्याराग्लाईडिङ उडान Rating: 5 Reviewed By: SEO Expert in Nepal